नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित
काठमाडाैं | असार ९, २०८०
तस्बिर फाइल
काठमाडौं: विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो । उसका म्याक्स ओ डाउडले सर्वाधिक ९० रन बनाए ।
नेपालका सन्दीप लामिछानेले दुई र गुल्सन झाले एक विकेट लिए । यसअघि जिम्बावेको टाकाशिंगा स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । यस्तै, सन्दीप लामिछानेले २७, गुल्सन झाले १५, दिपेन्द्रसिँह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६, भीम सार्कीले २२, कुशल भुर्तेलले २७ र करण केसीले एक रन बनाए ।
आशिफ शेखले खाता खोल्न सकेनन् । नेदरल्यान्ड्सका लोगन भान बीकले ४ विकेट लिए । आजको हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । समूह ए बाट अमेरिका यसअघि नै बाहिरिइसकेको छ । समूह ए बाट जिम्बावे, वेष्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । नेपालले आफ्नो खेलमा अमेरिकालाई हरायो भने वेष्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सँग पराजित भयो
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

